काठमाण्डौ । आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४५ हजार २ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय २० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ४७ रुपैयाँ तोकिएको छ ।
अर्थ चाैतारी ।