logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • एमालेका पदाधिकारी नै ओर्लिए सडकमा

    एमालेका पदाधिकारी नै ओर्लिए सडकमा

    585
    SHARES
    एमालेका पदाधिकारी नै ओर्लिए सडकमा

    काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेका पदाधिकारीसहित नेताहरू पनि सडकमा ओर्लिएका छन्।



    सोमबार माइतीघरबाट सुरु भएको प्रदर्शनमा एमालेका सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, डा.राजन भट्टराई र महेश बस्नेत लगायतका नेताहरूले अगुवाइ गरेका छन्। सचिव बस्नेतले सोमबार बिहानै आन्दोलनमा सबैलाई सहभागी हुन आह्वान गरेका थिए।

    जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सरकारले चैत १४ गते पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। त्यसको विरोधमा एमालेले प्रदर्शन गर्दै आएको छ।

    तीन दिनदेखि सडक प्रदर्शनमा रहेको एमालेले सोमबार पदाधिकारीसहित विरोध जनाएको हो। आजको प्रदर्शन उपत्यका विशेष कमिटीको आयोजना भएको थियो।

    आन्दोलनस्थलमै सञ्चारकर्मीसँग कुरा गर्दै सचिव शेरधन राईले देशलाई मुढभेडमा धकेलेर युक्रेन बनाउन खोजिएको आरोप लगाए। सरकारले राजनीतिक प्रतिशोध राखेकोले सडकमा आउन बाध्य भएको राईको भनाइ थियो।

    जनादेशको उन्मादमा सरकारले मुलुकलाई मुढभेडतिर धेकेलेको उनले बताए। अध्यक्ष ओलीको रिहाइ नभएसम्म आन्दोलन जारी रहने उनले बताए।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट