logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छः स्वास्थ्य बीमा बोर्ड

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छः स्वास्थ्य बीमा बोर्ड

    338
    SHARES
    बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छः स्वास्थ्य बीमा बोर्ड

    काठमाण्डौ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।



    बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह गरेको छ ।

    स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभाव पूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएको प्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुन विपरीतका गतिविधि नगर्न तथा नगराउन बोर्डले चेतावनी दिएको छ ।

    अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम कारबाही हुने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट