logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    247
    SHARES
    आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। यसअघि हिजो (मंगलबार) पनि बढेर कारोबार भएको सुनको मूल्यले आज पनि उकालो यात्रा तय गरेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै आज बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार १४५ रुपैयाँ तोकिएको छ।

    यसअघि हिजो हिजो बजारमा सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ र प्रति १० ग्राम २ लाख ४८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ कायम भएको छ।
    यसअघि हिजो चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम ४ हजार १५४ रुपैयाँमा कारोबार भएको थियो।


    अर्थ चाैतारी
  • बुधबार, १८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट