logo

२०८३ बैशाख ५, शनिबार

logo
  • २०८३ बैशाख ५, शनिबार
  • शक्ति सञ्चय गर्दै सेयर बजार, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

    शक्ति सञ्चय गर्दै सेयर बजार, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

    390
    SHARES
    शक्ति सञ्चय गर्दै सेयर बजार, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

    काठमाण्डौ । सातामा सेयर बजार स्थिरजस्तै देखिएको छ । गत साता शुक्रबार बजार बन्द हुँदा २८३७.७८ रुपैयाँ रहेको थियो । यो साताको अन्तिम कारोबारमा बजार परिसूचक २८३८.४० अंकमा पुगेको छ, जुन ०.६२ अंकको मात्रै गिरावट हो । साताको पहिलो कारोबार दिन अर्थात् सोमबार नेप्से परिसूचक ४.१८ अंकले घटेर २८ २८३३.३६ विन्दुमा पुगेको थियो । भोलिपल्ट नयाँ वर्षका कारण सार्वजनिक बिदा रहेको बजार बुधबार ३३.२७ अंकले बढेर २८६६.८७ अंकमा पुग्यो ।



    बिहीबार ३३.८३ अंकले नै घटेर २८३३.०३ अंकमा झरेको बजार अन्तिम दिन ५.३६ अंक बढेर २८३८.४० अंकमा पुग्दा सातामा झिनो घटबढ देखिएको हो । साताभरको कारोबारमा बुधबार परिसूचक सबैभन्दा उच्च २८७९.२१ अंकसम्म पुगेको थियो भने शुक्रबार सबैभन्दा कम २८०८.०२ विन्दुसम्म झरेको थियो।

    अन्तिम दिनको कारोबारले बजारमा स्पिनिङ टप वा सानो डोजि आकारको क्यान्डल बनाएको छ । यसले बजारमा क्रेता र विक्रेता बिचमा केही अन्यौलता रहेको र बजारले स्पष्ट दिशा लिन नसकेको संकेत गर्छ । यद्यपि, यो रङ हरियो हुनुले सामान्य सकारात्मक मनोबल देखाउँछ।

    नेप्से हाल कन्सोलिडेसन अर्थात् एउटै दायरामा बस्ने प्रक्रियामा छ। बजारले २८०० को मनोवैज्ञानिक सतहलाई बलियो आधार बनाएको देखिन्छ। प्राविधिक रूपमा बजारले नयाँ उचाइ लिनुअघि केही समय शक्ति सञ्चय गरिरहेको बुझ्न सकिन्छ।
    अर्कोतिर औसत कारोबार रकम भने यो साता सामान्य घटेको छ । गत साता औसतमा ८ अर्ब ८७ करोड रुपैयाँ रहेको कारोबार यो साता घटेर ८ अर्ब ८३ करोडको औसतमा झरेको छ । साताको सबैभन्दा बढी कारोबार बुधबार १० अर्ब २८ करोड रुपैयाँ बराबर हुँदा अन्तिम दिन शुक्रबार सबैभन्दा कम ७ अर्ब ३९ करोड बराबरको कारोबार भयो ।

    अहिलेको समयमा भोल्युम यसअघिका दिनहरूको तुलनामा केही कम भएको देखिन्छ। यसले गर्दा बजारमा तत्कालै ठूलो उतारचढाव आउने सम्भावना नरहेको देखाउँछ । यसले पनि लगानीकर्ता पर्ख र हेर कै अवस्थामा रहेको देखाउँछ ।

    यस्तो छ प्राविधिक पक्ष

    पछिल्लो कारोबारले बजारको आरएसआई ५३.१७ रहेको देखिन्छ । यो सूचक ५० भन्दा माथि हुनुले बजारमा अझै पनि खरिदकर्ता सामान्य हाबी छन् भन्ने देखिन्छ, यो बजारको लागि सुखद अवस्था नै हो ।

    त्यस्तै, बजारले एमएसीडीको हिस्टोग्राममा रातो बारहरू छोटा बनाएको छ । यसले बजारमा बिक्रीको राप घट्दै गएको देखाउँछ। यद्यपि, बजारमा पूर्ण उत्साह आउनका लागि बुलिस क्रसओभर हुन बाँकी नै छ। दुवै रेखा जिरो लाइनभन्दा माथि हुनुले दीर्घकालीन ट्रेन्ड अझै सकारात्मक रहेको संकेत गर्छ।

    ९ र २१ दिनकाे मुभिङ एभरेजले अल्पकालीन रुपमा सपोर्ट र मध्यकालीन रुपमा रेसिस्टेन्सको संकेत गरेको छ । ९ दिने एभरेजले २८२० मा बलियो सपोर्ट बनाएको छ, जसले तत्कालै ठूलो गिरावटको सम्भावना कम रहेको देखाउँछ । तर, २१ दिने एभरेजले २८४६ मा रेसिस्टेन्सको काम गरिरहेको छ । यी दुई रेखाबिच हुन खोजेको क्रसओभरले बजारको आगामी दिशा तय गर्ने देखिन्छ ।

    नेप्से हाल कन्सोलिडेसन अर्थात् एउटै दायरामा बस्ने प्रक्रियामा छ। बजारले २८०० को मनोवैज्ञानिक सतहलाई बलियो आधार बनाएको देखिन्छ। प्राविधिक रूपमा बजारले नयाँ उचाइ लिनुअघि केही समय शक्ति सञ्चय गरिरहेको बुझ्न सकिन्छ।

    यदि नेप्से २८४६ देखि २८५० को विन्दुलाई भोल्युम सहित स्पष्ट रूपमा तोडेर माथि जान्छ भने बजारमा नयाँ बुलिस ट्रेन्ड सुरु हुन्छ । यसो भएमा बजार पुनः २९५० र ३००० को विन्दुसम्म पुग्ने सम्भावना प्रबल देखिन्छ।

    यदि बजार २८२० भन्दा तल झरेमा र भोल्युम पनि घट्दै गएमा बजार केही समय अझै साइडवेजमा रहन सक्ने देखिन्छ ।


    अर्थ चाैतारी
  • शनिबार, ५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट