logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • राशिफल ६ वैशाख : मेषको मन अध्यात्मतर्फ, सिंहलाई एउटै कामबाट दोहोरो लाभ, तपाईँको दिन कस्तो?

    राशिफल ६ वैशाख : मेषको मन अध्यात्मतर्फ, सिंहलाई एउटै कामबाट दोहोरो लाभ, तपाईँको दिन कस्तो?

    3.5K
    SHARES
    राशिफल ६ वैशाख : मेषको मन अध्यात्मतर्फ, सिंहलाई एउटै कामबाट दोहोरो लाभ, तपाईँको दिन कस्तो?

    आज आइतबार, ६ वैशाख २०८३ (१९ अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-



    मेष: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिन्छ। रमणीय र सुखद यात्राको योग छ। व्यापार व्यवसायमा उन्नतिका साथै आर्थिक वृद्धि हुने देखिन्छ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

    भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

     

    वृष: नयाँ काममा हात हाल्ने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। पारिवारिक भेटघाटमा मन रमाउनेछ। सामाजिक र वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ।

    भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

     

    मिथुन: दिन मध्यम खालको छ। सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। मनमा सेवा र सहयोग भाव आउला। कला, गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ्दै जानेछ। आहार-विहारप्रति सजग रहनु पर्छ।

    भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

     

    कर्कट: जिद्दीपनले गर्दा काम बिग्रने डर छ। नियमित खर्च बढ्नेछ। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

    भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

     

    सिंह: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक, सांस्कृतिक, दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ।

    भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

     

    कन्या: सुखद र धार्मिक यात्राको योग छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। कृषि र उत्पादनमूलक कार्य सहजै अघि बढ्नेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। वैदेशिक कामबाट राम्रै फाइदा मिल्नेछ।

    भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६३, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

     

    तुला: धार्मिक कृत्यमा सहभागी बनिनेछ। पारिवारिक भेटघाटमा रमाइएला। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। बोलीको प्रभावले स्वरोजगार भइनेछ।

    भाग्यशाली रङ पहेँलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ६७ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

     

    वृश्चिक: मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। उच्च महत्वकाङ्क्षाले चुनौती र झमेला आउने देखिन्छ। स्वास्थ्यको ख्याल गर्नुहोला। साँझमा भने सफल यात्राको योग रहनेछ।

    भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ६०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

     

    धनु: आफन्तको प्रगतिमा मन रमाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। नयाँ ज्ञान सिक्ने मौका र रोजगारको अवसर पनि मिल्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ।

    भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ६६, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

     

    मकर: दैनिक कार्यमा प्रगति हुनेछ। नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। धर्मकर्ममा मन लाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ।

    भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। उत्तर दिशा नजाने।

     

    कुम्भ: रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा पुग्नेछ। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ। रोकिएका काम पुन: प्रारम्भ हुनेछन्।

    भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७२, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

     

    मीन: यात्रामा सावधानी अपनाउनु पर्नेछ। आफूले ठिक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। साँझमा प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

    भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गाईलाई खानेकुरा दिने। झुट नबोल्ने।


    अर्थ चाैतारी
  • आइतबार, ६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट