logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • काठमाण्डौका सुकुम्बासी बस्तीमा माइकिङ- वैशाख १२ गते घरटहरा भत्काइनेछ, बस्ती खाली गर्नू

    काठमाण्डौका सुकुम्बासी बस्तीमा माइकिङ- वैशाख १२ गते घरटहरा भत्काइनेछ, बस्ती खाली गर्नू

    338
    SHARES
    काठमाण्डौका सुकुम्बासी बस्तीमा माइकिङ- वैशाख १२ गते घरटहरा भत्काइनेछ, बस्ती खाली गर्नू

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न माइकिङ गरेको छ। बिहीबार साँझ महानगरको टोलीले थापाथली, सिनामंगल लगायतका क्षेत्रमा अाज (शुक्रबार) नै बस्ती खाली गर्न अल्टिमेटमसहितको माइकिङ गरेको हो।



    अन्यथा शनिबार बस्ती खाली गरिने र अटेर गर्नेले भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैं हुनुपर्ने चेतावनी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी पवन भट्टराईले सुकुम्बासीहरूलाई सुरक्षित स्थानमा आफ्ना सरसामान र बालबच्चा सार्न सूचित गरिएको जानकारी दिए। शनिबार बस्ती खाली गरिने उनको भनाई छ।

    बिहीबार गरिएको माइकिङमा अवैध रूपमा बनाइएका घर–टहराहरू वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गर्न, घर–टहरामा भएका आफ्ना सरसामान, लत्ता कपडा, घरपालुवा, पशुपन्क्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्न भनिएको छ।

    यस्तै, ‘घर–टहराहरूमा बसोबास गर्ने अपांगता भएका, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामीहरूलाई प्राथमिकता दिई अन्यत्र सार्नू। यसका लागि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनू’ माइकिङ गर्दै भनिएको छ। यसैगरी वैशाख १२ गते बिहान ६ बजेदेखि घर–टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खली गरिने, यो काममा बाधा पुर्‍याएमा कानुन बमोजिम कारबाही गरिने उल्लेख छ।

    चौथो, सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत लिने र स्क्रिनिङको काम तत्कालै सुरू गरिने, १० देखि १५ दिनभित्रै यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तथा कसैले सूचना अटेर गरेमा संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैं हुनुपर्ने’ सूचनामा भनिएको छ।

    यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । प्रशासनले पहिलोचरणमा काठमाण्डौ उपत्यकाका ४ वटा सुकुमवासी बस्तीमा डोजर चल्ने जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट