काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सीडीएससीको प्रबन्धक निर्देशक तथा कार्यकारी प्रमुख पदबाट प्रवीण पन्दकलाई हटाएको छ।
नेप्से सञ्चालक समितिले पन्दकलाई सीडीएससीको कार्यकारी प्रमुख पदबाट हटाउने निर्णय गरेको हो। पन्दकलाई नेप्सेमै फिर्ता बालाएको नेप्से स्रोतले बतायो।
सीडीएससी सञ्चालक समितिको २०८१ पुस १४ गते बसेको बैठकले पन्दकलाई सीडीएससीको कार्यकारी प्रमुखका रुपमा नियुक्त गरेको थियो। सोही वर्ष भदौ ७ गते पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि सीईओ पद खाली भएको छ। नयाँ सीईओ नियुक्त नहुन्जेलसम्म पन्दकलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको थियो।
अर्थ चाैतारी ।