काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटलले आज वैशाख ३० गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई बिक्री खुला गरेको छ। क्यापिटलले लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एलएस होराइजन १२ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो।
यस योजनाको आकार १२० करोडको रहेको छ, जसमा क्यापिटलले १० रुपैयाँ अंकित दरका १२ करोड इकाई निष्काशन गरेको छ। जस मध्ये १ करोड ८० लाख इकाई कोष प्रबर्दक लक्ष्मी सनराइज बैंकलाई सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाई आम सर्वसाधारणको लागि निष्काशन गरिएको छ ।
यस निष्काशनमा न्युनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि आवेदन दिन सकिने छ। आवेदन दिँदा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते क्यापिटललाई फण्ड निष्काशनको अनुमति दिएको हो।
अर्थ चाैतारी ।