logo

२०८३ जेष्ठ ५, मंगलबार

logo
  • २०८३ जेष्ठ ५, मंगलबार
  • दुर्गा प्रसाईं पक्राउ

    दुर्गा प्रसाईं पक्राउ

    260
    SHARES
    दुर्गा प्रसाईं पक्राउ

    काठमाण्डौ  । व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। पर्साको वीरगन्जबाट उनलाई जरुरी पक्राउ पुर्जी दिएर केहिबेर अघि पक्राउ गरेको हो।



    ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका हुन्।

    कार्यक्रम भोलिलाई तय छ। यसअघि पनि उनले पटक पटक पर्सामा कार्यक्रम गर्न खोजेका थिए।

    तर प्रहरी प्रशासनले उनलाई पक्राउ गरेर कार्यक्रम रोक्दै आएको छ।

    उनले कार्यक्रम गर्न अनुमति पनि पाएका छैनन्।


    अर्थ चाैतारी
  • सोमबार, ४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट