logo

२०८३ जेष्ठ ५, मंगलबार

logo
  • २०८३ जेष्ठ ५, मंगलबार
  • झापामा ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत भेटिए

    झापामा ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत भेटिए

    13
    SHARES
    झापामा ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत भेटिए

    झापा । झापाको दमकमा रहेको ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत भेटिएका छन्। लक्ष्मीमार्ग टोलस्थित आफ्नै घरमा मृत फेला परेका खड्काले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ। घटना अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।



    मृत्युअघि सामाजिक सञ्जाल फेसबुकमा बैंकका उच्च पदाधिकारीसहित चार जनाको सामूहिक तस्बिर पोस्ट गर्दै उनीहरूकै कारण आफूले मर्ने निर्णय लिन बाध्य भएको आशय व्यक्त गरेका छन्।

    उक्त पोस्ट सार्वजनिक भएको केही समयपछि नै उनी आफ्नै घरको भुइँतलाको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको डाेरीमा झुण्डिएको अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ।

    मृतकका बुवा महेश खड्काले छोरालाई सो अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

    ​घटनालगत्तै प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि पठाएको छ। प्रारम्भिक सोधपुछका क्रममा मृतक खड्का यसअघि बैंकको आन्तरिक कारबाहीमा परेको खुलेको छ।

    घटनाको निष्पक्ष अनुसन्धानका लागि मृतक खड्काको मोबाइल नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) किशाेर लम्सालले जानकारी दिए। मोबाइलको पासवर्ड खोल्ने र प्राविधिक विश्लेषण गर्ने काम भइरहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट