logo

२०८३ जेष्ठ १५, शुक्रबार

logo
  • २०८३ जेष्ठ १५, शुक्रबार
  • बालेन सरकारले व्यापक रूपमा हेरफेर गर्‍यो करका दर र दायरा, आजै मध्यरातिदेखि लागू हुने

    बालेन सरकारले व्यापक रूपमा हेरफेर गर्‍यो करका दर र दायरा, आजै मध्यरातिदेखि लागू हुने

    234
    SHARES
    बालेन सरकारले व्यापक रूपमा हेरफेर गर्‍यो करका दर र दायरा, आजै मध्यरातिदेखि लागू हुने

    काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले आज मध्यरातिदेखि लागू हुने करका दर पारित गरेको छ । शुक्रबार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले करका दरहरू फेरेको हो । अपराह्न फेरेका केही करका दर मध्यरातिदेखि लागू हुन्छन् ।



    भर्खरै प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आव २०८३/८४ को बजेट अनुमोदन गरेको छ । बजेटसँगै क्याबिनेटले २०१२ सालमा बनेको सामयिक कर असुली ऐनअनुसार मध्यरातिदेखि लागू हुने करका दर पारित गरेको हो ।

    करका दर फेर्ने मन्त्रिपरिषद्को निर्णयलाई सूचित आदेश भनिन्छ । सामयिक कर असुली ऐनअनुसार सरकारले कर लगाउने बढाउने निर्णय गर्नुपरे सूचित आदेश जारी गर्छ । भन्सार महसुल वा अन्तःशुल्क वा अन्य कुनै पनि करको दर हेरफेर गर्न ऐनको दफा ३ को सहयोग लिइन्छ । यो व्यवस्थाअनुसार जारी गरेको सूचित आदेश ६ महिना कायम रहनेछ ।

    मन्त्रिपरिषद्को बैठकले करको दर हेरफेर गर्न लागू हुने मितिसमेत तोकेर सूचित आदेश जारी गर्न सक्छ । सोही व्यवस्थाअनुसार बजेट भाषण हुने दिन मध्यरातिदेखि आर्थिक विधेयकले तोकेअनुसारको करको दर लगाइन्छ । यसरी लगाइएको कर ६ महिना वा सूचित आदेशको ब्यहोरा कानून भई लागू भएमा वा खारेज गरेमा निष्क्रिय हुनेछ ।

    मन्त्रिपरिषद्को बैठकले जारी गरेको सो सूचित आदेश आर्थिक विधेयक ऐन बनेर लागू नहुञ्जेलसम्मका लागि कायम हुन्छ । यद्यपि, सूचित आदेशले आर्थिक विधेयकका सबै व्यवस्था समेटेको हुँदैन । सूचित आदेशले हेरफेर गरेको करका दरमात्र आज मध्यरातिदेखि लागू हुनेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट