logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५ अर्ब ६२ करोड

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५ अर्ब ६२ करोड

    65
    SHARES
    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५ अर्ब ६२ करोड

    काठमाण्डौ । आज साताको अन्तिम कारोबार दिन पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ३७ अंकले घटेर २,७५५ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको १९ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबीबीएल डिबेञ्चर २०८५ को १८ करोड ८६ लाख रुपपैयाँको कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्तका लगानीकर्ताले ९ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी बैंक डिबेञ्चरका इकाईधनीले ७ दशमलव ७० प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै होटल फरेष्ट इनका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ४ दशमलव २२ प्रतिशतका दरले गुमाएका हुन् ।

    आज बजारमा ७४ कम्पनीको शेयरभाउ बढेको छ भने १८४ वटाको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    यो दिन बजारमा ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।

    उच्च करोबार भएका १० कम्पनी

    • आँखुखोला जलविद्युतः ५५ करोड ६९ लाख रुपैयाँ
    • सिटी होटलः १९ करोड ५९ लाख रुपैयाँ
    • एनबीबीएल डिबेन्चरः १८ करोड ८६ लाख रुपैयाँ
    • सेन्ट्रल फाइनान्सः १८ करोड ५० लाख रुपैयाँ
    • रिडी पावरः १५ करोड १६ लाख रुपैयाँ
    • रिलायन्स स्पिनिङ मिल्सः १५ करोड ८ लाख रुपैयाँ
    • बेस्ट फाइनान्सः १३ करोड ५० लाख रुपैयाँ
    • एभरेष्ट बैंक डिबेन्चरः १२ करोड ६१ लाख रुपैयाँ
    • रिलायन्स फाइनान्सः ९ करोड ९६ लाख रुपैयाँ
    • मञ्जुश्री फाइनान्सः ९ करोड ६० लाख रुपैयाँ


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट