logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • पर्वतको देउपुर स्वास्थ्य चौकीलाई एनआईसी एसिया बैंकद्वारा स्वास्थ्य सामग्री सहयोग

    पर्वतको देउपुर स्वास्थ्य चौकीलाई एनआईसी एसिया बैंकद्वारा स्वास्थ्य सामग्री सहयोग

    442
    SHARES
    पर्वतको देउपुर स्वास्थ्य चौकीलाई एनआईसी एसिया बैंकद्वारा स्वास्थ्य सामग्री सहयोग

    काठमाण्डौ । एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देउपुर, पर्वतस्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य सामग्रीहरु सहयोग उपलब्ध गराएको छ।



    स्थानीयस्तरका बिरामी तथा सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उक्त स्वास्थ्य चौकीको सेवा अझ प्रभावकारी तथा सहज होस् भन्ने हेतुले बैंकले स्वास्थ्य चौकीलाई ह्वीलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका सामग्रीहरु उपलब्ध गराएको जनाएको छ।

    दैनिकरुपमा स्थानीय सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको यस स्वास्थ्य चौकीको लागि यस बैंकका चिफ मार्केटिङ्ग अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले मोदी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा उक्त स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कार्की क्षेत्री र उक्त स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई संयुक्त रुपमा जेठ २८ गते एक कार्यक्रमका बीच उक्त उपकरण तथा सामग्रीहरु हस्तान्तरण गरेका थिए।

    कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारीहरु, बैंकका कर्मचारीहरु तथा स्थानीयहरुको उपस्थिति थियो। बैंकले उपलब्ध गराएको उक्त सहयोगले उक्त स्वास्थ्य चौकीले उपलब्ध गराइरहेको स्वास्थ्य सेवा अझ प्रभावकारी भई स्थानीयस्तरमा स्वास्थ्य उपचार तथा सेवा लिइरहेका सेवाग्राहीलाई स्वास्थ्य सेवामा अझ सहज हुने बैंकले विश्वास लिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट