logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड’ बाट सम्मानित

    सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड’ बाट सम्मानित

    585
    SHARES
    सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड’ बाट सम्मानित

    काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘म्याक्सिमाइजीङ कस्टोमर इंगेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ’ विधामा यो उत्कृष्ट सफलता हासिल गरेको हो ।



    विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको कडा मूल्यांकन गरी यो अवार्ड प्रदान गरिन्छ । यो सम्मानले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता र ग्राहक केन्द्रित सेवालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ ।

    बैंकले आफ्ना ग्राहकहरूलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले पछिल्लो समय डिजिटल सेवाहरूमा उल्लेख्य विस्तार गर्दै आएको छ । मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड र डिजिटल खाता सञ्चालन जस्ता नवीन सुविधाहरूमार्फत ग्राहकहरूलाई छिटो र सुविधाजनक सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

    यस अन्तर्राष्ट्रिय उपाधिले भविष्यमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न र आधुनिक प्रविधिको अधिकतम उपयोग गर्न प्रेरित गरेको बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ३१ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट