logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • कमजोर वित्तीय अवस्था लुकाउन कर्जा वर्गीकरणमै छेडखानी, जोखिम भार गणनामा पनि गडबडी

    कमजोर वित्तीय अवस्था लुकाउन कर्जा वर्गीकरणमै छेडखानी, जोखिम भार गणनामा पनि गडबडी

    234
    SHARES
    कमजोर वित्तीय अवस्था लुकाउन कर्जा वर्गीकरणमै छेडखानी, जोखिम भार गणनामा पनि गडबडी

    काठमाण्डौ । नेपालका केही बैंकहरूले आफ्नो वास्तविक वित्तीय अवस्था लुकाउन पुँजी पर्याप्तता अनुपात र कर्जाको जोखिम भारमा चलखेल गर्ने गरेको पाइएको छ ।नेपाल राष्ट्र बैंकको वार्षिक सुपरीवेक्षण प्रतिवेदनले बैंकहरूले जोखिम भारित एक्सपोजरको गलत गणना गरेको र कर्जा नोक्सानी व्यवस्थामा पर्याप्त रकम नछुट्याउँदा पूँजी पर्याप्तता अनुपात वास्तविक नदेखिएको औंल्याएको हो ।



    बैंकहरूले सुपरभाइजरी इन्फरमेसन सिस्टममार्फ नियामक निकायमा बुझाउने रिपोर्ट र आन्तरिक रूपमा गणना गरिने जोखिम भारका बीचमा ठूलो अन्तर पाइएको वार्षिक सुपरीवेक्षण प्रतिवेदनमा उल्लेख छ । विशेषगरी खराब अवस्थामा पुगेका कर्जाहरूलाई कम जोखिम भएर भएको वर्गमा राखेर बैंकहरूले आफ्नो पुँजी संरचना बलियो देखाउने प्रयास गरेको पाइएको हो ।

    सुपरीवेक्षणका क्रममा सुक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब वर्गमा वर्गीकरण भइसकेका कर्जाहरूलाई बैंकहरूले गलत वर्गीकरण गरी कम जोखिम भार दिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । भुक्तानी हुन बाँकी बैंक ग्यारेन्टी दाबीहरूलाई जोखिम भारित एक्सपोजरबाटै हटाएर बैंकहरूले आफ्नो जोखिम भार कम र सम्पत्तिको गुणस्तरमा सुधार देखाउने गरेको पाइएको वार्षिक सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ ।

    बैंकहरुले ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ अन्तर्गतका कर्जाहरूमा पनि एकल थ्रेसहोल्ड मापदण्ड मात्र प्रयोग गरी कम जोखिम भार कायम गरिएको वार्षिक सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ । जसले बैंकको वास्तविक जोखिम भार कम देखाउने गरेको पाइएको हो ।

    बैंकहरुको आन्तरिक पुँजी पर्याप्तता मूल्यांकन प्रक्रियामा पनि गम्भीर कमजोरीहरू देखाउने गरेको प्रतिवेदनमा उल्लेख छ । बैंकहरूले आफ्नो नीतिअनुसार वार्षिक रूपमा गर्नुपर्ने आन्तरिक पुँजी पर्याप्तता मूल्यांकन समीक्षा नगरेको र राष्ट्र बैंकले तोकेको समयसीमा भित्र प्रतिवेदन नबुझाएको पाइएको पाइएको हो ।

    बैंकहरूले आफ्नो विशिष्ट जोखिम प्रोफाइलका आधारमा पुँजीको लक्ष्य तय गर्नुको साटो नियामकले तोकेको न्यूनतम सीमालाई नै आफ्नो लक्ष्य मान्ने गरेको पाइएको हो । थप पुँजी बफरहरूको उचित मूल्यांकन र समावेश नगरिएको तथा ‘कमन इक्विटी टायर–१’ र ‘टायर–१’ पुँजी अनुपातको न्यूनतम थ्रेसहोल्ड समेत नीतिमा स्पष्ट नपारिएको प्रतिवेदनले वार्षिक बैंक सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ ।

    सुपरीवेक्षणका क्रममा केही बैंकहरूसँग पुँजी व्यवस्थापनका लागि कुनै ठोस संरचनागत नीति नै नभएको पाइएको हो । बैंकहरूमा अल्पकालीन पुँजी व्यवस्थापन रणनीति र दीर्घकालीन पूँजी योजनाको अभाव देखिँदा भविष्यमा आउन सक्ने वित्तीय संकट व्यवस्थापनमा चुनौती थपिने देखिएको वार्षिक सुपरिवेक्षण प्रतिवेदननमा उल्लेख छ । बैंकहरूको यस्तो प्रवृत्तिले वित्तीय स्थायित्वमा जोखिम निम्त्याउने भन्दै सुधारका लागि निर्देशन दिइएको वार्षिक बैंक सुपरीवेक्षण प्रतिवेदनमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट