logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी

    भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी

    429
    SHARES
    भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी

    काठमाडौँ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै टी अलायन्स अफ नेपाल (टान) ले असार ४ गतेदेखि चिया प्रशोधन तथा उद्योग सञ्चालन बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ। सोमबार जारी विज्ञप्तिमा टानले भारतीय बजारमा लागू गरिएको नयाँ परीक्षण तथा गुणस्तर प्रमाणीकरण प्रक्रियाका कारण नेपाली चियाको निर्यातमा ठुलो अवरोध सिर्जना भएको जनाएको छ।



    निर्यातमा ढिलाइ, दोहोरो परीक्षण, बढ्दो लागत, भण्डारण समस्या र बजारको अनिश्चितताले उद्योग, किसान तथा श्रमिक सबै प्रभावित भएको टानको भनाइ छ। टानका अनुसार उद्योगहरूमा ठुलो परिमाणमा तयारी चिया मौज्दात रहे पनि नियमित निर्यात हुन नसक्दा उद्योगहरूको नगद प्रवाह प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर किसानले हरियो पत्तीको भुक्तानी समयमा नपाउने अवस्थासम्म पुगेको छ।

    ‘वर्तमान समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेन भने यसको असर हजारौँ किसान परिवार, श्रमिक तथा ग्रामीण अर्थतन्त्रमा पर्ने निश्चित छ,’ विज्ञप्तिमा उल्लेख छ।टानले गुणस्तर परीक्षण र खाद्य सुरक्षाको आवश्यकता स्वीकार गरे पनि परीक्षण प्रक्रिया वैज्ञानिक, व्यवहारिक, जोखिममा आधारित र व्यापारमैत्री हुनुपर्ने धारणा राखेको छ । परीक्षणका नाममा अनावश्यक ढिलाइ र अतिरिक्त आर्थिक भार सिर्जना हुन नहुने उसको भनाइ छ।

    उद्योग सञ्चालन गर्न कठिन बन्दै गएको र किसानलाई भुक्तानी दिनसमेत समस्या उत्पन्न भएकाले टानमा आबद्ध उद्योगहरू असार ४ गतेदेखि उद्योग बन्द गर्न बाध्य हुने अवस्था आएको जनाएको छ ।

    टानले नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा कूटनीतिक निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदै भारत सरकारसँग आवश्यक कूटनीतिक पहल गरी समस्याको दिगो समाधान खोज्न आग्रह गरेको छ । साथै, नेपाली चियाको निर्यातलाई भारतीय बजारमा मात्र सीमित नराखी युरोप, अमेरिका, चीन, जापान, दक्षिण कोरिया तथा मध्यपूर्वका सम्भावित बजारमा पहुँच विस्तार गर्न दीर्घकालीन रणनीति बनाउन पनि सरकारलाई अनुरोध गरेको छ।

    सङ्कटको यस घडीमा किसान, उद्योगी, श्रमिक तथा सम्पूर्ण सरोकारवालालाई धैर्य, एकता र गुणस्तरप्रति प्रतिबद्ध रहन आग्रह गर्दै टानले नेपाली चिया क्षेत्रको दीर्घकालीन हित, किसान संरक्षण, उद्योगको दिगोपन तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

    724705619_970186199158088_4649106673221098225_n


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट