logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • लक्ष्मी हुन्डाईले पायो सर्भिस पर्फर्मेन्स अवार्ड

    लक्ष्मी हुन्डाईले पायो सर्भिस पर्फर्मेन्स अवार्ड

    39
    SHARES
    लक्ष्मी हुन्डाईले पायो सर्भिस पर्फर्मेन्स अवार्ड

    काठमाण्डौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (IMEA) सर्भिस पर्फर्मेन्स अवार्ड प्राप्त गरेको छ । गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत सम्भार (आफ्टर सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टिका लागि कम्पनीलाई यो सम्मान दिइएको हो ।



    लक्ष्मी हुन्डाईले बिक्री र शोरुममा मात्र नभई बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिको रूपमा विकास गरेको छ । ग्राहकलाई गाडी चढुन्जेल भरपर्दो सहयोग मिलोस् भन्ने उद्देश्यले कम्पनीले लगातार आफ्ना सेवा केन्द्रहरूको सञ्जाल बढाउन, कर्मचारीहरूको क्षमता सुधार्न र भौतिक पूर्वाधार आधुनिक बनाउन लगानी गरिरहेको छ ।

    अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लक्ष्मी हुन्डाईले यसरी ग्राहक सेवाको विश्वस्तरीय मापदण्ड कायम गरेर पुरस्कार जित्नु देशकै लागि गौरवको क्षण भएको कम्पनीले जनाएको छ । कम्पनीले बिक्रीपछिको सेवालाई छोटो अवधिको व्यापार नभई दीर्घकालीन प्रतिबद्धता मान्दै आएको छ ।

    यस अवसरमा लक्ष्मी हुन्डाईले आफ्ना सम्पूर्ण आदरणीय ग्राहकहरूलाई विश्वास र साथका लागि कृतज्ञता व्यक्त गरेको छ । साथै, यो अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल हुने कर्मचारीहरूको मिहिनेतको समेत कदर गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट