logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • त्रिविको ट्रान्सक्रिप्ट अब अनलाइनबाटै: साउन १ देखि भौतिक आवेदन नलिइने

    त्रिविको ट्रान्सक्रिप्ट अब अनलाइनबाटै: साउन १ देखि भौतिक आवेदन नलिइने

    416
    SHARES
    त्रिविको ट्रान्सक्रिप्ट अब अनलाइनबाटै: साउन १ देखि भौतिक आवेदन नलिइने

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले सोमबार एक सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि चार वर्षे स्नातक तह अन्तर्गतका बी.ए., बी.एड., बी.एस्सी. र बी.बी.एस. कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो।



    परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलका अनुसार साउन १ गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक वेबसाइट www.exam.tu.edu.np मा गएर ‘स्टुडेन्ट पोर्टल’ मार्फत आफ्नो विवरण भरी आवेदन दिन सक्नेछन्। आवेदन दिँदा विद्यार्थीले आफ्नो रजिष्ट्रेसन कार्डमा भए बमोजिमको विवरण दुरुस्त भर्नुपर्ने र अनलाइन प्रणालीबाटै तोकिएको शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

    अनलाइन आवेदन प्रक्रियालाई सहज बनाउन कार्यालयले वेबसाइटमा ‘अनलाइन ट्रान्सक्रिप्ट एप्लिकेसन म्यानुअल’ समेत उपलब्ध गराएको छ। साथै, प्रविधिमा समस्या हुने विद्यार्थीहरूको सहजीकरणका लागि बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा ‘हेल्प डेस्क’ समेत स्थापना गरिएको पनिकाले जनाएको छ।

    विवरण गलत भरेमा युजर आईडी सिर्जना नहुने भएकाले विशेष सावधानी अपनाउन समेत विद्यार्थीहरूलाई आग्रह गरिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट