logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • कोसी बजेटः प्राथमिकतामा शिक्षा, स्वास्थ्य र सूचना प्रविधि

    कोसी बजेटः प्राथमिकतामा शिक्षा, स्वास्थ्य र सूचना प्रविधि

    507
    SHARES
    कोसी बजेटः प्राथमिकतामा शिक्षा, स्वास्थ्य र सूचना प्रविधि

    विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रदेश सभामा पेस गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट प्रस्तुत गरेका हुन्।



    प्रदेश सरकारले आगामी बजेटमा भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने जनाएको छ। बजेटले शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइएको मन्त्री लिङ्थेपले जानकारी दिए।

    प्रविधिमैत्री सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार, कृषि क्षेत्रको सबलीकरण, स्वच्छ खानेपानी भरपर्दो पर्यटन विकास विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य सेवा डिजिटल शिक्षा समावेशी विकास र रोजगारी सिर्जना जस्ता क्षेत्रमा आगामी बजेटलाई केन्द्रित गरिएको उनले जानकारी दिए।

    उद्योग क्षेत्रको योगदान १७.५ प्रतिशत रहेको छ। जुन राष्ट्रिय उद्योग क्षेत्रको योगदान दोस्रो स्थानमा गत आर्थिक वर्षमा कोसी प्रदेशको प्रतिव्यक्ति आय अमेरिकी डलर १४०१ रहेकोमा १४१० पुग्ने अनुमान गरिएको छ।

    प्रदेशमा ११२ वटा सडक पुल र २५९ वटा झोलुंगे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको उनले जानकारी दिए। २०८२ चैत मसान्तसम्म ३१६१ वटा सुरक्षित आवास निर्माण सम्पन्न भई लक्षित परिवार लाभान्वित भएको मन्त्री लिङ्थेपले जानकारी दिए।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट