काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका उत्कृष्ट सवारी चालकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ।
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सवारी चालकलाई पुरस्कृत गर्ने घोषणा गरेका हुन्।
सवारी दुर्घटना न्यूनिकरण र सार्वजनिक सवारीलाई व्यवस्थित गर्न यस्तो कार्यक्रम ल्याएको अर्थमन्त्री कार्कीले बताए। त्यसबाहेक, सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीटीभी जडान गर्न निजी क्षेत्रसँग सहकार्य गरिने पनि उनले बताए।
अर्थ चाैतारी ।