काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले सम्पूर्ण सेवाग्राहीहरूलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन आग्रह गरेको छ।
सेवा लिने वा दिने क्रममा कुनै पनि किसिमको अनियमितता देखिएमा सम्बन्धित निकायमा तुरुन्त जानकारी गराई सुशासन कायम गर्ने कार्यमा सहयोग पुर्याउन समेत अनुरोध गरिएको हो।
प्राधिकरणबाट उपलब्ध गराइने सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्क भन्दा बढी अतिरिक्त रकम मागिएमा वा कुनै कर्मचारी तथा अन्य व्यक्तिबाट कुनै पनि अनुचित कार्य भएको पाइएमा सेवाग्राहीले त्यसविरुद्ध कदम चाल्न सक्नेछन्। यस्तो अवस्थामा यथेष्ट प्रमाणसहित नेपाल विद्युत प्राधिकरणका तोकिएका नम्बरहरूमा तत्काल जानकारी गराउन सम्पूर्ण सेवाग्राहीहरूमा अनुरोध गरिएको छ।
सम्पर्कका लागि टेलिफोन नम्बरहरू:
वितरण तथा ग्राहक सेवा निर्देशनालय: ०१-४१५३१४५
जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखा: ९८५१३५५६९६

अर्थ चाैतारी ।