logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

    म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

    585
    SHARES
    म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

    काठमाण्डौ । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश पठाउँदा स्वदेशी विमास्थल मात्रै प्रयोग गर्न भनको छ ।



    भारतका विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरिएको गुनासो आएपछि विभागले स्वदेशी विमानस्थलबाट मात्रै श्रमिक पठाउन निर्देशन दिएको हो ।

    वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीका लागि श्रमिकलाई विदेश पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गरी पठाउनुपर्ने व्यवस्था रहेको छ । सोही ऐनमा यदि कुनै कारणवशः विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागको स्वीकृति लिनुपर्ने प्रावधान पनि छ ।

    विभागले म्यानपावरहरूसँग पछिल्लो तीन महिनामा श्रम स्वीकृति लिएका, विदेश गएका श्रमिकहरुको विवरण समेत माग गरेको छ । यदि, यस अवधिमा विदेशी विमानस्थल प्रयोग गरेर श्रमिक पठाइएको पाइए कारबाही गरिने विभागले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट