logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • फिसिङ लिंकको आतंक बढेपछि दूरसञ्चार प्राधिकरणले भन्यो– अपरिचित नम्बरका मेसेज र लिंक नखोल्नू

    फिसिङ लिंकको आतंक बढेपछि दूरसञ्चार प्राधिकरणले भन्यो– अपरिचित नम्बरका मेसेज र लिंक नखोल्नू

    156
    SHARES
    फिसिङ लिंकको आतंक बढेपछि दूरसञ्चार प्राधिकरणले भन्यो– अपरिचित नम्बरका मेसेज र लिंक नखोल्नू

    काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने एसएमएस र ह्वाट्स एप लगायतका एपमार्फत पठाइने फिसिङ लिंकप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।



    प्राधिकरणले मंगलबार ‘अत्यन्त जरूरी सूचना’ जारी गर्दै पछिल्ला दिनमा मोबाइल सेवा प्रदायकहरूको नेटवर्क पूर्वाधार तथा ह्वाट्स एप जस्ता ओटीटी एपको प्रयोग गरी सर्वसाधारणका व्यक्तिगत मोबाइल नम्बरमा फिसिङ लिंकसहितका सन्देशहरू पठाउने क्रम बढेको जनाएको छ।

    प्राधिकरणका अनुसार यस्ता सन्देशहरू वास्तविक वा आधिकारिक जस्तै देखिने भएकाले धेरै प्रयोगकर्ता भ्रममा पर्ने गरेका छन्। प्राप्त सन्देशमा समावेश लिंकमा क्लिक गर्दा वा प्रवेश गर्दा व्यक्तिगत विवरण चोरी हुने, अनधिकृत पहुँच प्राप्त हुने, वित्तीय ठगी तथा अन्य साइबर अपराधको जोखिम बढ्ने चेतावनी दिइएको छ।

    सूचनामा अपरिचित नम्बरबाट प्राप्त हुने सन्देश तथा त्यसमा समावेश फिसिङ लिंकहरूमा प्रवेश नगर्न, क्लिक नगर्न तथा प्रयोग नगर्न सम्पूर्ण सर्वसाधारणलाई अपिल गरिएको छ।

    पछिल्ला वर्षहरूमा बैंकिङ सेवा, डिजिटल वालेट, सरकारी सेवा तथा पुरस्कार प्राप्तिको प्रलोभन देखाएर नक्कली लिंक पठाउने साइबर ठगीका घटना बढ्दै गएका छन्। यस्ता लिंकमार्फत प्रयोगकर्ताको मोबाइल, बैंक खाता, सामाजिक सञ्जाल तथा अन्य व्यक्तिगत विवरणमा पहुँच पुर्‍याएर आर्थिक तथा व्यक्तिगत क्षति पुर्‍याउने प्रयास हुने गरेको छ।

    प्राधिकरणले सर्वसाधारणलाई कुनै पनि अपरिचित स्रोतबाट प्राप्त लिंकको सत्यता नजाँची क्लिक नगर्न र शंकास्पद गतिविधि देखिए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट