logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • अनलाइन विडिङमार्फत ४५ अर्ब उठाउने राष्ट्र बैंकको तयारी

    अनलाइन विडिङमार्फत ४५ अर्ब उठाउने राष्ट्र बैंकको तयारी

    325
    SHARES
    अनलाइन विडिङमार्फत ४५ अर्ब उठाउने राष्ट्र बैंकको तयारी

    काठमाण्डौ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने आह्वान गरेको छ ।



    विभागले सार्वजनिक सूचना जारी गरेर आजै दिउँसो ३ः०० बजेदेखि अनलाइन विडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले बोलकबोलको ब्याजदर भने सोही माध्यमबाट हुने जनाएको छ ।

    राष्ट्र बैंकले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने छ । निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्रै सहभागी हुन सक्छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट