logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • संसद्‌मा महावीर पुनले भने- म त अहिले जोगी भएँ

    संसद्‌मा महावीर पुनले भने- म त अहिले जोगी भएँ

    338
    SHARES
    संसद्‌मा महावीर पुनले भने- म त अहिले जोगी भएँ

    काठमाण्डौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पिरती लगाउँदा मन्त्री बने पनि जोगी भएको महसूस गरेको सुनाएका छन्।



    बिहीबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नको उत्तर दिँदै यस्तो टिप्पणी गरेका हुन्। यसका क्रममा उनले ‘पिरतीले जोगी बनायो’ भन्ने गीत उद्धृत गरे। ‘एउटा गीत छ– मत यस्तो होइन दाइ, पिरतीले जोगी बनायो। यो पहिला पहिलातिरको समयमा गाईन्थ्यो यो गीत। अब म पनि त्यस्तो संसद् हुने, मन्त्री हुने मान्छे त होइन, तर पिरतीले मलाई सांसद र मन्त्री बनायो,’ उनले भने।

    सुरुमा गाउँसँग पिरती लागेको र पछि जिल्ला हुँदै देशमा परिणत भएको उनको भनाइ थियो। ‘मेरो पिरती खासमा देशसँग बसेको हो। तर सुरुमा एकैचोटी देशसँग बसेको होइन। त्यो चाहीँ गाउँसँग बस्यो। म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पिरती बस्यो। गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पिरति बस्यो,’ उनले भने।

    आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि उनले संसद्मा सुनाए। ‘पिरती मेरो कसरी कोसँग बसेर म जोगी भए भन्ने कुरा आयो क्या। मन्त्री भए भन्ने कुरा आयो,’ उनले भने।

    उनले व्यावहारिक रुपमा पनि आफू जोगी जस्तै रहेको बताए। मन्त्री बनेपछि आफूले जोगी जस्तो महसूस गरेको सुनाउँदै उनले भने, ‘त्यसैले अहिले जोगी भए। पक्का जोगी हो म चाँही। व्यवहारिक रुपमा पनि म जोगी नै हो।’


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट