logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक

    प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक

    312
    SHARES
    प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक

    काठमाण्डौ । बजेटको सबैभन्दा महत्त्वपूर्ण अङ्गको रूपमा रहेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।



    बिहीबार १३ वटा निकायको विनियोजनमाथि छलफल सकिएसँगै उक्त प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि सबै सांसदहरूले राखेका मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएको थियो ।

    योसँगै सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्न पाउने भएको छ । यद्यपि यसअघि उक्त विधेयक राष्ट्रियसभामा छलफल भई राष्ट्रपतिबाट प्रमाणीकरण भने हुनु पर्नेछ ।

    बजेट अन्तर्गत नै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा भने छलफल हुनै बाँकी छ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट