logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • प्रज्ञा प्रतिष्ठानका कार्यालय सहयोगीविरुद्ध नक्कली सर्टीफिकेट पेस गरेको आरोपमा मुद्दा

    प्रज्ञा प्रतिष्ठानका कार्यालय सहयोगीविरुद्ध नक्कली सर्टीफिकेट पेस गरेको आरोपमा मुद्दा

    520
    SHARES
    प्रज्ञा प्रतिष्ठानका कार्यालय सहयोगीविरुद्ध नक्कली सर्टीफिकेट पेस गरेको आरोपमा मुद्दा

    काठमाण्डौ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीका कार्यालय सहयोगी राम कुमार बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा बोहराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।



    बोहराले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा मिति २०६९।०८।०१ गतेदेखि लागू हुने गरी रा.प. अनंकित तृतीय श्रेणी सरहको रंगमञ्च सहायक पदको (स्थायी) राष्ट्रसेवक ओहदा पाउन तरूण मावि बालाजुको सेन्टअप (कक्षा १०) को मार्कसिट र ट्रान्सफर सर्टिफिकेट लगायतका योग्यता सम्बन्धी झुट्टा विवरण एवं सो सम्बन्धी झुट्टा प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी छ।

    रंगमञ्च सहायक पदमा कार्यरत उनले ओहदा, लाभ र सुविधासमेत प्राप्त गरिरहेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट