काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले यो वर्ष सरकारले १५ खर्ब ८० अर्ब राजस्व उठाउने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बजेटमा १४ खर्ब ५ अर्ब रुपैयाँ कर उठाउने व्यवस्था गरिएकामा त्योभन्दा १ खर्ब ७५ अर्ब रुपैयाँ बढी कर उठाउने लक्ष्य रहेको उनले बताए।
यस्तो कर सुशासन र डिजिटलाइजेसनको जगमा उठाउने अर्थमन्त्रीको दाबी छ।
अर्थ चाैतारी ।