logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • काठमाण्डौ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने

    काठमाण्डौ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने

    442
    SHARES
    काठमाण्डौ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उपलब्ध गराउने भएको छ । बिहीबार आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै महानगरले आगामी आर्थिक वर्षमा युवा केन्द्रित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने कुरालाई पनि उल्लेख गरेको छ ।



    ‘यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी नवयुवा सहकार्य र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

    जेनजी सहिद तथा अमर प्रहरीको नामावली सहितको स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको छ,’ महानगर उपप्रमुख सुनिता डङ्गोलले प्रस्ताव गरेको बजेटमा भनिएको छ, ‘अपाङ्गता भएका व्यक्ति, अशक्त तथा उमेरको कारण हिँड्डुल गर्न नसक्ने महानगरवासीका लागि सम्बन्धित निकायसँग समन्वय गरी घरघर मै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।’


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट