काठमाण्डौ । टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लू नेपाली बजारमा सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमका बीच जगदम्बा मोटर्सले एनटर्क १२५ स्कुटर सार्वजनिक गरेको हो ।
यसको स्टाइल, कार्यक्षमता र दैनिक व्यावहारिकता खोज्ने चालकहरूलाई लक्षित गरी यो स्कुटर डिजाइन गरिएको कम्पनीले जनाएको छ । नीलो रङ, स्पोर्टी ग्राफिक्स र सार्प डिजाइनले १२५ सीसी स्कुटरलाई निकै नै आकर्षक बनाएको छ ।
टीभीएस रेसिङको विशेष डीएनए बोकेको यो स्कुटरले युवा र पर्फोमेन्सप्रेमी चालकहरूको भावनालाई प्रतिनिधित्व गर्ने जगदम्बा मोटर्सले जनाएकाे छ । कम्पनीका अनुसार यो ब्लेज ब्लू एडिसनले दैनिक यात्राका लागि मात्र नभई सडकमा पृथक, ऊर्जावान र विशिष्ट पहिचान बनाउन मद्दत गर्नेछ ।
यो स्कुटरमा प्रतिलिटर ५० किलोमिटरको प्रमाणित माइलेज रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, यो सवारी किनिसकेपछि कुनै पनि ग्राहकले पछुताउन नपर्ने कम्पनीको दावी छ । कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टीभीएस एनटर्कले जहिले पनि पर्फमेन्स, प्रविधि र बोल्ड स्टाइल खोज्ने युवा चालकहरूसँग बलियो सम्बन्ध बनाएको बताए ।
यो नयाँ भेरियन्टले युवाहरूलाई सुहाउँदो र आकर्षक विकल्प प्रदान गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। जगदम्बा मोटर्सले नेपाली उपभोक्ताहरूलाई सधैं स्टाइलिस, पर्फोमेन्स-ओरिएन्टेड र युवा-लक्षित मोबिलिटी समाधानहरू प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै आएको उनको दाबी छ ।
ग्राहकले यो स्कुटरलाई बजारमा ३ लाख ३४ हजार ४ सय रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
अर्थ चाैतारी ।