logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • रास्वपाको महाधिवेशनका लागि प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित

    रास्वपाको महाधिवेशनका लागि प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित

    221
    SHARES
    रास्वपाको महाधिवेशनका लागि प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित

    काठमाण्डौ । प्रतिनिधि सभा बैठक ६ दिनका लागि स्थगित भएको छ । शुक्रबार प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराए ।



    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन यही असार ७ गतेदेखि चितवनमा हुँदैछ । प्रतिनिधि सभामा रास्वपाको झन्डै दुई तिहाइ बहुमत छ ।

    सो पार्टीका सांसदहरू महाधिवेशनमा सहभागी हुने भएकाले प्रतिनिधि सभा बैठक ६ दिनसम्मका लागि स्थगित गरिएको हो । राष्ट्रिय सभामा भने रास्वपाको प्रतिनिधित्व छैन ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट