काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष पदमा डा गोपालप्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा कैलालीका भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको थियो ।
समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाण्डौ सदस्य थिए।
अर्थ चाैतारी ।