काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश कार्की मनोनित भएका छन् । मोहनकुमार डाँगीको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको शुक्रबार बसेको पहिलो बैठकले संस्थाको प्रमुख सल्लाहकारमा कार्कीलाई मनोनित गरेको हो ।
यस्तै, एशोसिएट सदस्यमा पूर्व उपाध्यक्ष रामप्रसाद आचार्य मनोनित भएका छन् ।
गत जेठ २९ गते सम्पन्न इप्पानको २४ औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशन सम्पन्न भएको थियो ।
अर्थ चाैतारी ।