logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

    वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

    26
    SHARES
    वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

    काठमाण्डौ । वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न समयमा मेडिकल अफिसर र कन्सल्ट्यान्ट लगायतका प्राविधिक पदहरूमा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी नियुक्ति गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । डा.अमित झाले बुधबार आयोगको कार्यालयमा पुगेर उजुरी दिएका हुन् ।



    उजुरीमा ती अस्पतालहरूमा रिक्त पदपूर्ति गर्दा खुला प्रतिस्पर्धा नगराइएको, सार्वजनिक सूचना प्रकाशन नगरिएको र नियम विपरीत नियुक्ति प्रक्रिया अपनाइएको दाबी गरिएको छ ।

    उजुरीकर्ता डा.झाका अनुसार अस्पताल प्रशासनले ‘ज्यालादारी वा करार नियुक्ति’ सम्बन्धी कानुनी प्रावधानको दुरुपयोग गर्दै आएका छन् । नियमतः संस्थाको काममा तत्काल असर पर्ने विशेष परिस्थितिमा बढीमा ६ महिनाका लागि मात्र अस्थायी नियुक्ति गर्न सकिने व्यवस्था भएता पनि त्यसलाई नियमित पदपूर्तिको विकल्पका रूपमा प्रयोग गरी पटक–पटक एउटै प्रकृतिका पदहरूमा राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा निश्चित व्यक्तिहरूलाई भर्ना गरिएको आरोप पत्रमा लगाइएको छ । यस सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मन्त्रीको सचिवालयलाई जानकारी गराउँदा समेत कुनै कारबाही नभएपछि संवैधानिक निकायको ढोका ढकढक्याउनु परेको उजुरी पत्रमा उल्लेख छ ।

    निवेदनमार्फत विगत केही वर्षयता भएका सम्पूर्ण नियुक्ति प्रक्रिया, आवेदन आह्वान, र स्वीकृत दरबन्दीसम्बन्धी कागजातको निष्पक्ष छानबिन गर्न माग गरिएको छ । साथै, निर्णय प्रक्रियामा संलग्न अधिकारी तथा अस्पताल प्रशासनका जिम्मेवार व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न र अनैतिक तरिकाले नियुक्त गरिएका चिकित्सकहरूलाई तत्काल खारेज गरी खुला परीक्षा र निष्पक्ष प्रतिस्पर्धाका माध्यमबाट योग्य चिकित्सक भर्ना गर्ने व्यवस्था मिलाउन आयोगसमक्ष माग गरिएको छ ।

    7b91f552-cf24-488c-91ca-26c3b3e9fd44

    723585585_1206110504926133_4665853622852212141_n


    अर्थ चाैतारी
  • शनिबार, ६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट