logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • एकान्तकुनास्थित यातायात कार्यालयबाट तीन जना बिचौलिया पक्राउ

    एकान्तकुनास्थित यातायात कार्यालयबाट तीन जना बिचौलिया पक्राउ

    26
    SHARES
    एकान्तकुनास्थित यातायात कार्यालयबाट तीन जना बिचौलिया पक्राउ

    काठमाण्डौ । यातायात कार्यालय एकान्तकुनाबाट तीन जना बिचौलिया पक्राउ परेका छन् । सवारी चालक अनुमतिपत्र,सवारी दर्ता/नवीकरण लगायतका सेवाका नाममा सेवाग्राहीलाई भ्रममा पार्ने अनावश्यक रकम असुल्ने बिचौलियाको रुपमा कार्य गर्ने गरेको आरोपमा प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा ओखलढुङ्गा रागादिप गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका–१३ बस्ने ३७ वर्षीय अर्जुन रसाईली, ललितपुर महानगरपालिका–७ पाटनसुन्धारा घर भएका ३९ वर्षीय महेश सुवेदी र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३१ का सुदिप माझी रहेका छन् ।

    उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट नगद ४५ हजार ५ सय, तीन वटा गाडीको बिलबुक र लाइसेन्स बरामद गरिएको प्रहरीले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट