logo

२०८३ असार १८, विहिबार

logo
  • २०८३ असार १८, विहिबार
  • पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो

    पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो

    286
    SHARES
    पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो

    काठमाण्डौ । काठमाण्डौका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खोलिएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि देखिएको आपूर्ति समस्या समाधान भएसँगै ती पम्प पुनः सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सचिवालयले जनाएको छ ।



    मूल्य घटेलगत्तै देशभरका केही पेट्रोल पम्पले उपभोक्तालाई इन्धन वितरण नगरेको गुनासो आएपछि मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिएकी थिइन् ।

    त्यसपछि निगमको टोलीले काठमाण्डौ र पोखराका विभिन्न पेट्रोल पम्पमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा ती पम्पहरूले इन्धन नभएको भन्दै बिक्री–वितरण नै बन्द गरेका थिए। त्यसपछि निगमले काठमाडौँका ८ र पोखराका ६ गरी १४ वटा पेट्रोल पम्पमा तत्काल ताला लगाएको थियो।

    पम्प सञ्चालकहरूले आफ्नो डिपोमा इन्धन सकिएको जानकारी दिएपछि निगमले पनि जाँच गरेको थियो। जाँचका क्रममा इन्धन मौज्दात नरहेको पुष्टि भएपछि पुनः इन्धन आपूर्ति गरियो र बन्द गरिएका सबै पम्पको ताला खोलिएको हो।

    नेपाल आयल निगमका अनुसार अहिले बजारमा इन्धनको कुनै अभाव छैन। सबै पेट्रोल पम्पबाट पहिलेकै अवस्थामा सहज रूपमा पेट्रोलियम पदार्थको बिक्री–वितरण भइरहेको छ। निगमका अधिकारीहरूबाट मूल्यमा ठुलो कटौती हुने सूचना चुहिएका कारण कतिपय व्यवसायीले इन्धन नउठाएर यस्तो अवस्था निम्तिएको बताइएको छ। निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको थियो।


    अर्थ चाैतारी
  • विहिबार, १८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट