logo

२०८३ असार ३१, बुधबार

logo
  • २०८३ असार ३१, बुधबार
  • नेपालका लागि थप रासायनिक मल कोलकाता बन्दरगाहमा

    नेपालका लागि थप रासायनिक मल कोलकाता बन्दरगाहमा

    338
    SHARES
    नेपालका लागि थप रासायनिक मल कोलकाता बन्दरगाहमा

    काठमाण्डौ । नेपालमा रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारले खरिद गरेको रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुग्ने क्रम जारी छ। हाल ३० हजार मेट्रिकटन डीएपी मल भारतको विशाखापट्टनम बन्दरगाहमा र २७ हजार मेट्रिकटन डीएपी मल भारतको कोलकत्ता बन्दरगाहमा आइपुगेको छ।



    दुवै पोर्टमा हाल प्याकिङ भइरहेको र विशाखापट्टनम पोर्टबाट मल रेकमा लोड भई बुधबार हिँडेको र कलकत्ताबाट पनि छिट्टै मल लोड हुने क्रममा रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार सरकार-सरकार (जीटुजी) सम्झौताअन्तर्गत खरिद गरिएको अर्को डीएपी मल साउन ३ गते कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका छ। त्यस्तै ३० हजार र ३० हजार गरी दुईवटा युरिया मल लोड भएका जहाजहरू साउन १ गते कोलकाता बन्दरगाहमा आइपुग्ने कार्यक्रम छ।

    हाल मल वितरक दुवै कम्पनीसँग मौज्दातमा रहेका मलहरू मल वितरण व्यवस्थापन कार्यविधिबमोजिम बिक्री वितरण भइरहेको, कोलकाता बन्दरगाहमा आइपुगेका र आउने क्रममा रहेका मलहरूलाई आवश्यक भन्सार तथा ढुवानी प्रक्रिया पूरा गरी चरणबद्धरूपमा नेपाल भित्र्याइने मन्त्रालयले जनाएको छ।

    कृषि उत्पादन वृद्धिमा किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन आपूर्ति व्यवस्थापन र समन्वयलाई तीव्र बनाइएको कृषि, वन तथा पर्यावरण मन्त्रालयको स्वकीय सचिवालयले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट