logo

२०८३ साउन १, शुक्रबार

logo
  • २०८३ साउन १, शुक्रबार
  • एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

    एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

    364
    SHARES
    एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

    काठमाण्डौ । डिजिटल बैंकिङलाई अझ सहज र सुरक्षित बनाउने उद्देश्यले एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग (डीओआईटी) सँग सम्झौता गरेको छ। यस रणनीतिक सहकार्यसँगै अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैंकिङ फर्महरू सहजै भर्न सक्नेछन्।

    यो नयाँ व्यवस्थाले ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनुपर्ने झन्झट अन्त्य गर्नेछ। यसबाट कागजी प्रक्रियामा उल्लेख्य कमी आउने र बैंकको सेवा प्रवाह थप छिटो र झन्झटमुक्त हुने विश्वास बैंकले लिएको छ। ग्राहकहरूको गोप्य जानकारीको सुरक्षालाई ध्यानमा राख्दै ग्राहक स्वयंले नागरिक एपबाट विवरण हेर्ने अनुमति नदिएसम्म बैंकले कुनै पनि व्यक्तिगत डेटामा पहुँच पाउने छैन। साथै, ग्राहकले अनुमति दिएका सबै जानकारी जुन प्रयोजनका लागि मागिएको हो, त्यसमै मात्र प्रयोग हुने गरी सुरक्षित प्रणाली निर्माण गरिएको छ।

    देशको बढ्दो डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआई) लाई आत्मसाथ गर्दै नेपालभरिका नागरिकहरूका लागि बैंकिङ सेवालाई अझ सुरक्षित, सरल र आधुनिक बनाउने एनएमबि बैंकको प्रयासमा यो साझेदारीलाई एउटा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट