logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • फर्स्ट माइक्रोफाइनान्सको २ लाख १७ हजार बढी कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

    फर्स्ट माइक्रोफाइनान्सको २ लाख १७ हजार बढी कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

    910
    SHARES
    फर्स्ट माइक्रोफाइनान्सको २ लाख १७ हजार बढी कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

    काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २ लाख १७ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको २ लाख १७ हजार ७१४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाल संस्थाका संस्थापक व्यक्ति तथा संस्थाले मात्रै खरिद आवेदन दिन सक्नेछन्।



     

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। यसको अर्थ शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    बिक्रीमा राखिएको शेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ। शेयर खरिदका लागि काठमाडौं ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्था शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, ११ फागुन २०८१
  • सम्बन्धित समाचार