logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भारतमा म्यादी बीमा र स्वास्थ्य बीमामा लाग्ने सेवा करको दर कटौतीको तयारी

    भारतमा म्यादी बीमा र स्वास्थ्य बीमामा लाग्ने सेवा करको दर कटौतीको तयारी

    884
    SHARES
    भारतमा म्यादी बीमा र स्वास्थ्य बीमामा लाग्ने सेवा करको दर कटौतीको तयारी

    काठमाण्डौ । भारतमा म्यादी बीमा र स्वास्थ्य बीमाशुल्कमा लाग्दै आएको वस्तु तथा सेवा कर(जिएसटी) कटौतीको तयारी गरिएको छ। यी दुबै प्रकृतिका बीमाका लागि जिएसटीको दर हालको १८ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने तयारी भइरहेको भारतीय सञ्चार गृहले उल्लेख गरेका छन् । सरकारले यो वर्षदेखि बीमाशुल्कमा जिएसटी अनिवार्य गरेपछि बीमाशुल्क महँगो भएको र सीमान्तकृत वर्गका लागि अझै कठिन हुने भन्दै सत्तारूढ दल सहित विपक्षी दलका नेताहरूले सरकारको चर्को आलोचना गरेका थिए ।



    एशियनइन्स्योरेन्स पोष्टका अनुसार मंगलबार, अर्थ मन्त्रालय, बीमा नियामक विकास तथा प्राधिकरण र बीमकहरूका वरिष्ठ अधिकारीहरूले जिएसटी कटौती प्रस्तावहरूलाई अर्थमन्त्री निर्मला सीतारमणको नेतृत्वमा रहेको र राज्यका समकक्षीहरू सम्मिलित जिएटी परिषदमा पठाउनु अघि अन्तिम रूप दिन भेटेका थिए, जसले यो कदममा अन्तिम निर्णय गर्नेछ।

     

    जिएसटी कटौती प्रस्तावहरूको विवरण र प्राविधिक पक्षहरू अझै पनि सार्वजनिक जानकारीमा ल्याइएको छैन । मंगलबारको बैठक करको दरमा कटाैतीबाट केन्द्र र राज्य सरकारलाई हुने राजस्व नोक्सानीको विषयमा छलफल भएको थियो । छलफलका क्रममा सरकारी अधिकारीहरूले सरकार अब बढ्दो बीमाशुल्कको बोझले थिचिएका आम नागरिकलाई फाइदा पुग्ने गरी राजस्वको नोक्सानी बेहोर्न तयार रहेको सन्देश दिएका थिए।

     

    यसअघि, डिसेम्बर २१, २०२४ मा जैसलमेरमा जिएसटी परिषद्को ५५ औं बैठकमा, सीतारमणको अध्यक्षतामा जिएसटी परिषद्ले जीवन र स्वास्थ्य बीमा प्रिमियममा जिएसटी दर घटाउने प्रस्तावहरूमा छलफल स्थगित गरेको थियो। बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीको नेतृत्वमा परिषद्ले गठन गरेको मन्त्रीहरूको समूहले नोभेम्बरमा आफ्नो बैठकमा अवधि जीवन बीमालेखको लागि तिरेको बीमाशुल्कलाई करमा छुट दिने कुरामा सहमति जनाएको थियो। साथै, ज्येष्ठ नागरिकहरूले स्वास्थ्य बीमाको लागि तिरेको बीमाशुल्कलाई करबाट छुट दिने प्रस्ताव गरिएको थियो।

     

    यसका साथै, ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको लागि ज्येष्ठ नागरिकहरू बाहेक अन्य व्यक्तिहरूले तिरेको प्रिमियमलाई जिएसटीमा छुट दिने प्रस्ताव गरिएको छ। यद्यपि, ५ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य बीमा जोखिम बहन भएका बीमालेखको लागि तिरेको बीमाशुल्कमा १८ प्रतिशत जिएसटी लागू नै हुनेछ।


    अर्थ चाैतारी
  • विहिबार, १५ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट