logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • पर्यटनमन्त्री भट्टराईले गरिदिए जनताको बिमा

    पर्यटनमन्त्री भट्टराईले गरिदिए जनताको बिमा

    • GP Paudel
    • विहिबार, ११ मंसिर २०७७
    2.9K
    SHARES
    पर्यटनमन्त्री भट्टराईले गरिदिए जनताको बिमा

    नेपाल ज्योति-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना बिमाबापत प्राप्त रकम र आफ्नो पारिश्रमिकबाट ताप्लेजुङका न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बिमा गरिएको छ ।



    मन्त्री भट्टराई गत ८ असोजमा कोरोना संक्रमित भई करिब १० दिनपछि संक्रमण मुक्त भएका थिए । कोरोना बिमाबापत उनले बिमा कम्पनीबाट एक लाख रुपैयाँ पाएका थिए ।

    प्रमुख स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार मन्त्री भट्टराईले यसअघि नै ताप्लेजुङ स्थायी ठेगाना भएका एक हजार दुई सय ७६ जनाको कोरोना बिमा गरिदिएका छन् । मन्त्री भट्टराईकै ८० प्रतिशत आर्थिक सहयोगमा नेकपा निकट प्रेस संगठन नेपालले ताप्लेजुङका ५० भन्दा बढी सञ्चारकर्मीको कोरोना बिमा गरिएको छ । मन्त्री भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन् ।


    GP Paudel
  • विहिबार, ११ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट