logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • विद्यार्थी संगठन खारेज गर्नेकुरा सह्य हुँदैन, आवश्यक परे लोगो फुकालेर सडकमा आउँछु: सांसद महर

    विद्यार्थी संगठन खारेज गर्नेकुरा सह्य हुँदैन, आवश्यक परे लोगो फुकालेर सडकमा आउँछु: सांसद महर

    377
    SHARES
    विद्यार्थी संगठन खारेज गर्नेकुरा सह्य हुँदैन, आवश्यक परे लोगो फुकालेर सडकमा आउँछु: सांसद महर

    काठमाण्डौ । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिवन्ध लगाउने सरकारको कुनैपनि प्रयास सफल हुन नदिने बताएका छन्।



    आइतबार काठमाण्डौमा अयोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको पहरेदार भएको बताए। उनले विद्यार्थी संगठनलाई खारेज गर्नेकुरा ‘बेतुका’ भएको टिप्पणी गरे। वर्तमान सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातीत रहेको बताए। वर्तमान सरकारलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया नभएको बताए।

    सांसद महरले सरकारले ल्याएको शासकीय सुधारको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेजीको आशय लुकेको भन्दै त्यसको भोलिपल्टै देश ठप्प पार्नुपर्नेमा विद्यार्थी नेतृत्व अझै किन मौन रहेको भनी प्रश्न समेत गरे। सांसद महरले भने, ‘यो सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातीत छ। यसलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया छैन। तपाईंहरू सडक तताउनुस्, हामी सबै मोर्चाबाट साथ दिन्छौँ। आवश्यक प¥यो भने यो सांसदको लोगो फुकालेर तपाईंहरूसँगै सडकमा आउन म तयार छु।’

    उनले गणतन्त्र ल्याउन राजनीतिक दलभन्दा अगाडि विद्यार्थीले रगत बगाएको स्मरण गराउँदै अहिलेको व्यवस्थामा विद्यार्थी आन्दोलनलाई नै काम नलाग्ने बनाउन खोज्नु स्वीकार्य नहुने बताए।

    संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई मुख्य आन्दोलनको एजेण्डा बनाउन उनले विद्यार्थीलाई सुझाए। विद्यार्थी आन्दोलन किन सुस्ताएको छ भन्ने प्रश्न गर्दै महरले नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गरे।

    सांसद महरले विद्यार्थी संगठनहरूले आफूलाई परिवर्तित सन्दर्भमा अपडेट गर्दै लैजानुपर्ने तर यसको अस्तित्वमाथि नै धावा बोल्नेलाई नछाड्ने दृढता व्यक्त गरे।


    अर्थ चाैतारी
  • आइतबार, ६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट