logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • फरवार्ड माइक्रोफाइनान्सको १९ करोड बढीको सेयर बिक्रीमा, मूल्य ५३१ रुपैयाँ

    फरवार्ड माइक्रोफाइनान्सको १९ करोड बढीको सेयर बिक्रीमा, मूल्य ५३१ रुपैयाँ

    728
    SHARES
    फरवार्ड माइक्रोफाइनान्सको १९ करोड बढीको सेयर बिक्रीमा, मूल्य ५३१ रुपैयाँ

    काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १९ करोड बढीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाको संस्थापक समूहको ३ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।



    साथै उक्त सेयरको मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ तोकिएको छ । सो आधारमा लघुवित्तले १९ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो ।

    लघुवित्तको संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले पनि आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले चैत ३ गतेदेखि चैत १७ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कम्तिमा एक हजार कित्ता सेयरका लागि बोलपत्र पेश गर्नुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २ चैत्र २०८१
  • सम्बन्धित समाचार