कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाका सरकारी विद्यालयमा कार्यरत शिक्षकहरु तलब नपाएको भन्दै आन्दोलित भएका छन् । उनिहरुले गत चैत्र देखिको तलब भत्ता पाउन सकेका छैन्न ।
नगरपालिकाले स्थानिय तह निरर्वाचनको आचार संहिता लागेको भन्दै चैत्रमा तलब रोकोको भएपनि जेठ यता बारम्बार ताकेता गर्दा पनि भुक्तानी दिन अटेर गरेपछि शिक्षकहरु आन्दोलित हुन बाध्य हुनुपरेको जनाएका छन् ।
उता नगरपालिकाले भने तलब संघिय सरकारबाट पठाएको रकम अपुग भएकै कारण भुक्तानी दिन नसकेको जनाएको छ । विभिन्न शिर्षकको भुक्तानी दिदाँ नगरपालिकामा समेत आर्थिक अभावकाले नगरले आन्तरीक श्रोत व्यवस्थापन गर्न नसकिएको जनाएको छ । साथैं लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट मार्फत भुक्तानी दिने जनाएको छ ।

अर्थ चाैतारी ।