logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ३२.२४ अंकले सेयर बजार बढ्यो, कारोबार साढे ७ अर्बभन्दा माथि

    ३२.२४ अंकले सेयर बजार बढ्यो, कारोबार साढे ७ अर्बभन्दा माथि

    585
    SHARES
    ३२.२४ अंकले सेयर बजार बढ्यो, कारोबार साढे ७ अर्बभन्दा माथि

    काठमाण्डौ । आजको सेयर बजार बढेको छ । सााताको पहिलो दिन आइतबार बजार परिसूचक (नेप्से) ३२.२४ अंकले बढेर २६९५.५५ अंकमा पुगेको हो । दिभर २७०० भन्दा माथि रहेको बजार अन्तिममा सोभन्दा तल झरेर बन्द भएको हो । आज बजारमा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।



    आज बजारमा २४४ कम्पनीको कारोबार हुँदा २२२ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । बजारमा आज म्युचुअल फण्ड बाहेक सबै सूचकम हरियाली छाएको छ । फाइनान्स र अन्य समूहमा २ प्रतिशत भन्दा धेरैको सुधार आएको छ । होटल र हाइड्रोपावर क्षेत्रमा पनि १ प्रतिशत भन्दा धेरै बढेको छ ।

    बजारमा आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन । सबैभन्दा धेरै मूल्य जोशी हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी मूल्य प्रभु स्मार्ट फण्डको ५.७४ प्रतिशतले घटेको छ  . कारोबार र कारोबर संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स र कारोबार भएको सेयर संख्याको आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रोमोटर सेयरको कारोबार सर्वाधिक भएको नेप्सेले जनाएको छ ।

     

    शुक्रबारको घटनापछि पहिलोपटक खुलेको बजारले तरल राजनीतिक माहोलबीच सकारात्मक अवस्था देखाएको हो । विगत लामो समयदेखि बजारमा गिावट देखिएको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, १६ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट