logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • साताकाे अन्तिम काराेबार दिन झिनाे अंकले बढ्याे नेप्से

    साताकाे अन्तिम काराेबार दिन झिनाे अंकले बढ्याे नेप्से

    884
    SHARES
    साताकाे अन्तिम काराेबार दिन झिनाे अंकले बढ्याे नेप्से

    काठमाण्डाै । साताकाे अन्तिम काराेबार दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से सामान्य अंकले बढेकाे छ । बुधबार २३.८६ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज २.८१ अंकले बढेर १७ सय २ दशमलव ८६ बिन्दुमा पुगेर राेकिएकाे छ । आज ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ ।



     

    आज १ कराेड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। यसदिन ग्रिन भेन्चर लिमिटेडकाे सेयर मूल्य ९.९९ प्रतिशतले बढेकाे छ भने सुपर मादी हाइड्राेपावरकाे सेयर मूल्य ६.०६९ प्रतिशतले बढेकाे छ ।

     

    यस्तै आज उपकार लघुवित्त वित्तिय संस्थाकाे सेयर मूल्य सर्वाधिक ९.१० र गार्डियन माइक्राेलाइफ इन्स्याेरेन्सकाे सेयर मूल्य ६.८६ प्रतिशतले घटेकाे छ ।

     

    यस्तै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन १ कराेड ५५ लाख २ हजार ९९८ कित्ता सेयर ७ अर्ब ८४ कराे ४६ लाख ४२ हजार रूपैयाँमा काराेबार भउकाे छ । बुधबार १ कराेड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियाे।


    अर्थ चाैतारी
  • विहिबार, २० चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट