logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • रवि लामिछाने काठमाण्डौबाट फेरि पक्राउ

    रवि लामिछाने काठमाण्डौबाट फेरि पक्राउ

    832
    SHARES
    रवि लामिछाने काठमाण्डौबाट फेरि पक्राउ

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ गरेको हो ।



    शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।

    उच्चको आदेशसँगै यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

    उच्चले जिल्लाको आदेश बदर गरेर उनलाई थुनामै राख्ने आदेश गरेको छ । आइतबार उनलाई अदालतमा उपस्थित गराइने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, २१ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट