logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • अर्थतन्त्रको आकार वृद्धि गर्न वैकल्पिक वित्तका उपायहरू अपनाउँछौँ : अर्थमन्त्री

    अर्थतन्त्रको आकार वृद्धि गर्न वैकल्पिक वित्तका उपायहरू अपनाउँछौँ : अर्थमन्त्री

    377
    SHARES
    अर्थतन्त्रको आकार वृद्धि गर्न वैकल्पिक वित्तका उपायहरू अपनाउँछौँ : अर्थमन्त्री

    काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ठुला तथा अधुरा आयोजनाका लागि स्रोतको कमी हुन नदिन वैदेशिक अनुदान, आन्तरिक स्रोत र ऋण परिचालन गरिने बताएका छन् ।



    अर्थमन्त्री वाग्लेले बिहीबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले अर्थतन्त्रको आकार वृद्धि गर्न वैकल्पिक वित्तका विभिन्न उपायहरू प्रयोग गरिने बताए ।

    उनले भने,‘ठुला तथा अधुरा आयोजनाका लागि स्रोतको कमी हुन नदिन वैदेशिक अनुदान, आन्तरिक स्रोत र ऋण परिचालन गरिने छ । राजश्व अभिवृद्धिका सबै उपायहरूको अवलम्बन गरिने छ ।’ उनले सिमा रहित अर्थतन्त्र र तौल रहित व्यापारको रणनीतिलाई आर्थिक रूपान्तरणको आर्थिक रूपान्तरणको प्रमुख आधार मानेर विकास गरिने पनि बताए ।

    उनले सरकार सङ्घीय लोकतान्त्रिक प्रणालीको मूल्य र मान्यतालाई मार्ग दर्शनको रूपमा लिएको बताए । अर्थमन्त्री वाग्लेले ठुलो संघषबाट उपलब्धि लोकतन्त्रलाई मार्गदर्शनकै रूपमा लिएको बताए । उनले भने,‘ हामी पाङ्ग्राको पुनःआविष्कार गर्न आएका होइनौँ । हाम्रा अग्रजहरूले उपलब्धिहरू ल्याए । त्यसैलाई समृद्ध बनाउने प्रतिबद्धता सरकारले जनाउँछ । विगतमा भएका उपलब्धिकै जगमा अघि बढ्ने भन्ने राजनीतिक धरातल स्थापित छ ।’

    उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति पूर्ण रूपमा प्रतिबद्ध सरकार रहेको उनले बताए । उनले राजनीतिक दलहरू भित्रका नभएर निजामती सेवा भित्रका मात्रै सङ्गठनहरू खारेज गर्ने भनिएको बताए । उनले समग्र ट्रेड युनियन खारेज गर्ने सरकारको मनसाय नभएको उल्लेख गरे ।

    अर्थमन्त्री वाग्लेले भने,‘ ट्रेड युनियनको नाममा सरकारी कर्मचारीले विभिन्न बदमासी गरेर विकृति भएकाले त्यसलाई रोक्नलाई मात्रै यो काम गरेका छौँ । कर्मचारी ट्रेड युनियन बनाउन नपाउने भनिएको हो । तर दलगत सङ्गठन नभएर स्वतन्त्र रूपमा एउटै ट्रेड युनियन भने बनाउन पाउनुहुन्छ ।’


    अर्थ चाैतारी
  • विहिबार, ३१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट