काठमाण्डौ । माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख १७ गतेदेखि वैशाख २३ गतेसम्म १ लाख ७२ हजार कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा ९१ हजार ८ सय ६० जनाको आवेदन परेको थियो। जसमा ९१ हजार ८ सय ३० जनाको अव्दन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा १७ हजार २ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको दियो। अब कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ।
कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीका अध्यक्ष अर्जुन पौडेल हुन् ।
अर्थ चाैतारी ।